FAQs Complain Problems

रेसुङ्गा नगरपालिकाका जननिर्वाचित जन प्रतिनिधिहरु

Read More

रेसुङ्गा नगरपालिकाका कर्मचारीहरु

Read More

रेसुङ्गा नगरपालिका नगरसभाका महिला जनप्रतिनिधि सदस्य

Read More

रेसुङ्गा नगरपालिका नगर कार्यपालिकाका सदस्यहरु

Read More

रेसुङ्गा क्षेत्रमा हिमपातको दृश्य

Read More

रेसुङ्गा नगरपालिका,गुल्मीको संक्षिप्त परिचय

१.परिचय

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । यस्तो विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने अभिप्रायले जिल्लाको पहिलो नगरपालिका घोषणा हुनु हामी सबै गुल्मेलीहरूका लागि खुसीको कुरा हो ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासलाई नगरपालिका बनाउनु पर्छ भन्ने चर्चा परिचर्चा बिगत लामो समयदेखि चल्दै आए पनि नेपाल सरकारले २०६८ सालको बजेट बक्तव्य मार्फत २०६८ श्रावण १ गते देखि तम्घास नगरपालिका घोषणा गर्यो यद्यपि नेपाल सरकारले यसलाई कार्यान्वयनमा ल्याएन । समयको गतिसँगै साविकका तम्घास गा.वि.स.सँग जोडिएका छिमेकी अर्खले, सिमीचौर र दुवीचौर गा.वि.स.हरूले समेत नगरपालिकामा आवद्ध हुने इच्छा जाहेर गरेपछि विभिन्न समयमा भएका छलफल र गृहकार्य पछि यस जिल्लाको नगरपालिका सिफारिस समितिले २०६८ श्रावण ३० गते चारवटै गा.वि.स.हरूलाई समेटेर नगरपालिका बनाउन र उक्त नगरपालिकाको नाम ‘रेसुङ्गा नगरपालिका’ राख्न सिफारिस गरेको थियो । सोहि अनुरुप नेपाल सरकारको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो । घोषणा पछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुरुप जिल्लास्थित क्रियाशील राजनीतिक दल, प्रशासनिक निकाय, नागरिक समाज, संघ–सस्था, सम्बद्घ क्षेत्रका कर्मचारीहरू तथा अन्य नागरिकहरूको उपस्थितिमा २०७१ जेठ १ गतेदेखि साविक तम्घास गा.वि.स.को कार्यालय अतिथि भवन (भूतबंगला) मा रेसुङ्गा नगरपालिका कार्यालयको विधिवत् उद्घाटन भई कार्य सञ्चालनमा आएको थियो । त्यस पछि पुर्नसंरचना आयोगको सिफारिसमा साविकको पराल्मी गा.वि.स. लाई समेत समेटेर १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते  राजपत्रमा प्रकाशित  भएपछि रेसुङ्गा नगरपालिका बनेको छ ।

२.नगरपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

क) अक्षांश :– २७⁰ ५९’ देखि २८⁰ ७’ सम्म उत्तरी अक्षांश

ख) देशान्तर :– ८३⁰ १२’ देखि ८३⁰ १९’ सम्म पूर्वी देशान्तर

ग) क्षेत्रफल :– ८३.७४ वर्ग कि. मि.

घ) सिमाना :– पूर्व – गुल्मीदरवार गाउँपालिका, पश्चिम – अर्घाखाँची जिल्ला    उत्तर – इश्मा गाउँपालिका/ मुसिकोट नगरपालिका,   दक्षिण – अर्घाखाँची जिल्ला   

३. प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल

रेसुङ्गा नगरपालिका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रेसुङ्गा, अर्जुन छन् । यहाँ प्रसिद्ध नदीहरू बडीघाट, छल्दी, पनाह खोलाहरू रहेका छन् ।

जन प्रतिनिधि

डिल्लीराज भुसाल
नगर प्रमुख
९८५७०२५०१५
सिता भण्डारी
उप– प्रमुख
९८५७०६७८६२

कर्मचारी

भक्तिराम मरासिनी
प्रमुख प्रशासकिय अधिकृत
९८५७०६७७५०
शंकर प्रसाद गौतम
सूचना अधिकारी
९८५७०६१७४४

सेवाहरु

सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • सरोकारवाला सबैको नागरिकताको प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा
  • मृत्युदर्ताको प्रमाणपत्र
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का / सनाखत समेत
  • जग्गा राजिस्ट्रेशन गरेको कागज
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • बुवा आमाको नागरिकता प्रमाणपत्र
  • जन्म दर्ताको प्रमाणपत्र
  • शैशिक योग्यताको प्रमाणपत्र
  • निवेदन फारम
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको किटानी निवेदन
  • नागरिकता जग्गा धनी प्रमाणपुर्जा
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको किटानी निवेदन
  • नागरिकता जग्गा धनी प्रमाणपुर्जा
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
  • नाता सम्बन्ध देखिने कागज पत्र
  • नागरिकताको प्रमाणपत्र
  • पासपोर्ट साइजको २/२ प्रति फोटो
  • आवस्यकता अनुसार सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन २०७५ अनुसार
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
  • जग्गाधनी प्रमाण पत्र पुर्जा प्रतिलिपि र सक्कल
  • घरनक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल
  • सम्पत्ति हकवालाको नाम , नाता उल्लेख
  • गत वर्ष न.पा.लाई सम्पूर्ण कर बुझाएको प्रमाण

 

जानकारी