रेसुङ्गा नगरपालिका,गुल्मीको संक्षिप्त परिचय

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर,पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट "रेसुङ्गा नगरपालिका" नामकरण गरिएको हो । यस्तो विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने अभिप्रायले जिल्लाको पहिलो नगरपालिका घोषणा हुनु हामी सबै गुल्मेलीहरुका लागि खुसीको कुरो हो ।